बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
अदालतकाे आदेश

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न आदेश

मङ्गलबार, ०१ पुस २०८२, १८ : १६
मङ्गलबार, ०१ पुस २०८२

बुटवल । स्वास्थ्य मन्त्रालयले दाङको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मङ्सिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालीन आदेश जारी गरेको छ । 

उच्च अदालत तुलसीपुरका  सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको  बताए । 

उनले ८ गतेसम्म नियुक्तिको प्रक्रिया अघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने बारे आगामी पेशिमा छलफल पछि मात्रै थाहा हुने बताए । 

उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले मंगलबार यस्ताे आदेश दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप