कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष २ गतेको बार, तिथि, नक्षत्र र योगको विवरण प्रस्तुत गरिएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि राशिफल दिइएको छ, जसमा विभिन्न समयका लागि ग्रहहरूको प्रभावको चर्चा गरिएको छ।
- शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय हेर्न र राहुकालमा कुनै शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष २ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी, ४९ घडी २६ पला, रातको २ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा, २८ घडी १५ पला, बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त अनुराधा । योग–सुकर्मा, २२ घडी ३९ पला, दिउँसो ३ बजेर ५३ मिनेट उप्रान्त धृति । करण–गर, दिउँसो १ बजेर ३० मिनेट उप्रान्त वणिज, रातको २ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–तुला, बिहान ११ बजेर २८ मिनेट उप्रान्त वृश्चिक ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २५घडी ५१ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर ५० मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर २५ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर २६ मिनेटदेखि बिहान १० बजेर ४२ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ४३ मिनेटदेखि बिहान १२ बजेर ० मिनेटसम्म अमृत बेला ।
- दिउँसो १२ बजेर १ मिनेटदेखि दिउँसो १ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर १८ मिनेटदेखि दिउँसो २ बजेर ३५ मिनेटसम्म चर बेला ।
- दिउँसो २ बजेर ३६ मिनेटदेखि बेलुकी ३ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
- दिउँसो ३ बजेर ५३ मिनेटदेखि बेलुकी ६ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ११ बजेर ५९ मिनेटदेखि दिउँसो १ बजेर १७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर ११ मिनेटदेखि बिहान ५ बजेर ५९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
सर्वार्थसिद्धि योग
बेलुकी ६ बजेर ७ मिनेटदेखि रातको २ बजेर ३६ मिनेटसम्म सर्वार्थसिद्धि योग रहेको छ ।
नोट : यस योगमा गरेका काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरु दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । जीवन साथीको सहयोगले राम्रा गर्न सकिने तथा छोटो दुरीको पारिवारिक यात्राको तय हुनेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबार गर्नेहरूका लागी समय मध्यम रहेको छ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रबाट थोरै भएपनि नाफा कमाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । बैक तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले माया प्रेममा धोका हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । पढाइ लेखाइमा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण