अपाङ्गता प्रतिनिधित्व सुनिश्चित गर्न माग
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले अपाङ्गता भएका व्यक्तिको छुट्टै क्लस्टर बनाएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सवालमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।
सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईंले बिहीबार विज्ञप्तिमार्फत संविधानको मर्म र भावनाविपरीत अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधिसभामा प्रतिनिधित्व हुनबाट वञ्चित गराउने गरी राष्ट्रिय जनगणनाका आधारमा समानुपातिक समावेशी समूहको नयाँ आधार–प्रतिशत तय गर्ने क्रममा गरिएको सिफारिस स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार अपाङ्गता भएका व्यक्तिहरूको जनसङ्ख्या कम्तीमा २ दशमलव २ प्रतिशत रहेको यथार्थ हुँदाहुँदै पनि प्रतिनिधिसभामा निर्वाचित हुनेगरी अपाङ्गता कोटाबाट छुट्टै क्लस्टर निर्माण नगरिनु संविधानको मर्म र भावनाविपरीत भएको जनाइएको छ ।
अध्यक्ष चम्लागाईंले अपाङ्गतासम्बन्धी राजनीतिक अधिकार प्रत्यक्ष प्रतिनिधित्वबाट मात्र सुनिश्चित हुनसक्ने उल्लेख गर्दै अन्य समूहभित्र नाममात्रको समावेशीताले अपाङ्गता भएका समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न नसक्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण