ललितपुरमा भारतीय इन्जिनियरको बीभत्स हत्या
सारांश
- ललितपुरको धापाखेलमा एक भारतीय इन्जिनियर मृत फेला परेका थिए, उनको हत्या भएको पुष्टि भएको छ।
- प्रहरी अनुसन्धान अनुसार, इन्जिनियरको हातखुट्टा बाँधेर हत्या गरिएको थियो र उनको टाउकोमा चोट लागेको थियो।
- हत्यामा संलग्न भएको आशंकामा निर्माणाधीन घरका मजदुरको खोजी भइरहेको छ, घटना डेढ महिनाअघिको हो।
काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा डेढ महिनाअघि एक जना भारतीय इन्जिनियर मृत भेटिएका थिए । कात्तिक १९ मा ४६ वर्षीय देवकुमार मृत भेटिएका हुन् । धापाखेलमा निर्माणाधीन कोलोनीको प्यासेजमा गाडेको अवस्थामा उनको शव भेटिएको थियो ।
भवनको डिजाइन गर्न नेपाल आएका भारतीय इन्जिनियरलाई हातखुट्टा बाँधेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शव उत्खनन गरेर हेर्दा मुखमा टेप लगाएर हातखुट्टा बाँधेको अवस्थामा भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने– ‘डेढ महिना अगाडिको घटना हो, त्यसबारे हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ ।’
इन्जिनियरको टाउकोमा चोट देखिएको छ । हत्यामा निर्माणाधीन घरमा कार्यरत मजदुरको संलग्नता हुनसक्ने आकलन गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘कम्तीमा दुई जना मिलेर हत्या गरेको हुनसक्ने हाम्रो आशंका छ ।’
हत्यामा संलग्न आरोपीहरू डेढ महिनादेखि फरार छन् । घटनास्थल प्रहरी वृत्त सात दोबाटोको क्षेत्रमा पर्छ । हत्याबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
-
ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा सुनुवाइ सुरु
-
नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री
-
श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण