मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

पथरीमा ८ लाखको धनमाल चोरी, चोर फरार

सोमबार, ०७ पुस २०८२, ०६ : १६
सोमबार, ०७ पुस २०८२

सारांश

  • मोरङको पथरीशनिश्चरेमा एक घरबाट ८ लाख बराबरको धनमाल चोरी भएको छ।
  • चोरले सुनका गरगहना र नगद लुटेर लगेको र प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
  • चोरीमा संलग्न व्यक्ति फरार रहेको र प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ।

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१० रिगुवामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय लक्ष्मी प्रसाद घिमिरेको घरमा शनिबार साँझ चोर पसेर सुनका गरगहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरेर लगेको हो।

घरमा कोही नभएको वा सुरक्षा कमजोरीको फाइदा उठाउँदै चोरले सुन र नगद हात पारेको प्रारम्भिक विवरणमा देखिएको छ। चोरी भएको जानकारी पाएलगत्तै प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक मुचुल्का उठाएको छ।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले प्रहरीले उनीहरूको खोजी कार्यलाई तीव्र पारेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धान सुरु गरेको र हराएको धनमालको खोजी भइरहेको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप