ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, ०९ पुस २०८२, ११ : ०६
सारांश
- कपिलवस्तुको मायादेवी गाउँपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
- दुर्घटनामा मायादेवी गाउँपालिका-६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भयो।
- प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।
कपिलवस्तु । तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका– १ बरोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
कपिलवस्तुको तौलिहवाबाट गएराति भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु.प्र. ०१००१ ख ०६८३ नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो
उक्त घटनामा कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका–६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।
ओसामालाई कपिलवस्तु अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा नक्कली लाइसेन्सको भरमा १७ वर्ष विमान उडाउने पूर्वपाइलट पक्राउ
-
अमेरिकी आक्रमणको बदला लिन इरानद्वारा २१ वटाभन्दा बढी सैन्य लक्ष्यमा निशाना
-
राष्ट्रव्यापी प्रदर्शन रोक्न सेना परिचालन गर्दै बोलिभिया
-
दाङमा ट्याक्टर र कार ठोक्किँदा ५ जना घाइते
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक समय परिवर्तन
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण