क्यान्सर रोक्नदेखि सुगर नियन्त्रणसम्म उपयोगी हरियो प्याज
सारांश
- हरियो प्याज स्वास्थ्यका लागि लाभदायक रहेको पाइयो, जसले इन्फ्लेमेसन कम गर्छ र क्यान्सरका कोषिकाहरू रोक्न मद्दत गर्छ।
- यसमा भिटामिन र खनिज तत्त्वहरू प्रशस्त मात्रामा पाइन्छन्, जसले पाचन प्रणालीलाई बलियो बनाउँछ र रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ।
- मधुमेहका बिरामीहरूका लागि यो सुरक्षित विकल्प हो, तर अत्यधिक सेवन र थाइराइडका बिरामीहरूले सावधानी अपनाउनुपर्छ।
काठमाडौँ । बजारमा सजिलै पाइने र भान्छामा स्वादका लागि प्रयोग गरिने हरियो प्याज (स्प्रिङ अनियन) स्वादमा मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायक रहेको पाइएको छ।
विभिन्न अनुसन्धानहरूका अनुसार यसमा पाइने फ्लेभोनोइड्स र सल्फरजन्य तत्त्वले शरीरको इन्फ्लेमेसन कम गर्ने, क्यान्सरका कोषिकाहरू बढ्नबाट रोक्ने र मधुमेह व्यवस्थापनमा ठुलो सहयोग पुर्याउँछन्।
न्युट्रिसनिस्टका अनुसार हरियो प्याज भिटामिन ए, सी, के, बी–६ र बी–९ का साथै क्याल्सियम, आइरन, जिङ्क र पोटासियम जस्ता खनिज तत्त्वहरूको खानी हो। यसमा हुने फाइबरले पाचन प्रणालीलाई बलियो बनाउँछ भने क्वेरसेटिन र एलिसिन जस्ता तत्त्वले रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्छन्। यसबाहेक यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै मुटुको रोग र उच्च रक्तचापको जोखिम पनि कम गर्छ।
मधुमेहका बिरामीका लागि हरियो प्याज एक सुरक्षित र फाइदाजनक विकल्प हो। यसको ग्लाइसेमिक इन्डेक्स (जीआई) निकै कम हुने भएकाले यसले रगतमा सुगरको मात्रा एक्कासि बढ्न दिँदैन।
साथै, बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र हड्डीको वृद्धिका लागि पनि एक वर्ष माथिका बच्चालाई सुप वा दालमा मिसाएर हरियो प्याज दिन सकिन्छ। तर, यसलाई धेरै पकाउँदा यसमा भएका भिटामिन सी र एन्टिअक्सिडेन्ट नष्ट हुन सक्ने भएकाले ठिक्क मात्र पकाउनु उपयुक्त हुन्छ।
फाइदाका साथै हरियो प्याज सेवन गर्दा केही सावधानी अपनाउनु पनि उत्तिकै जरुरी छ। अत्यधिक सेवनले पाचनमा समस्या निम्त्याउन सक्छ भने थाइराइडका बिरामी र रगत पातलो बनाउने औषधि सेवन गरिरहेका व्यक्तिहरूले यसको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ।
त्यस्तै, मिर्गौलामा पत्थरी भएका, ग्यास्ट्रिक वा अल्सरको समस्या भएका र शल्यक्रिया गर्न लागेका व्यक्तिहरूले हरियो प्याज खानुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
सामान्यतया एक स्वस्थ व्यक्तिले दिनमा २५ देखि ३० ग्रामसम्म हरियो प्याज खानु सुरक्षित मानिन्छ।
(यस लेखमा दिइएको जानकारी स्वास्थ्य सल्लाह र विशेषज्ञहरूसँगको कुराकानीमा आधारित छ। यो केवल सामान्य जानकारी हो, व्यक्तिगत सल्लाह होइन। त्यसैले, कुनै पनि कदम चाल्नुअघि कृपया कुनै विशेषज्ञसँग सल्लाह लिनुहोला।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण