नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी शुक्रबारदेखि
काठमाडाैँ । नेपाल पर्यटन बोर्डमा भोलिदेखि ३ दिने ड्रोनबाट खिचिएका तस्बिरहरूको विशेष फोटो प्रदर्शनी आयोजना हुँदैछ ।
फोटो पत्रकार नबिन बाबु गुरुङको एकल ड्रोन फोटो प्रदर्शनीमा नेपालको विभिन्न भू–भागमा रहेका पर्यटकीय सम्भावना बोकेका तर चर्चामा नआएका गाउँ–बस्ती, प्राकृतिक दृश्य तथा मौलिक चाडपर्वहरू झल्किने तस्बिरहरू राखिनेछ ।
नेपालका विभिन्न जिल्लामा रहेका पर्यटकीय गन्तव्य तथा प्रचार प्रसारको पर्खाइमा रहेका स्थानहरूको आकाशबाट देखिने दृश्य प्रस्तुत गर्न प्रदर्शनीको आयोजना गरिएको फोटो पत्रकार गुरुङले बताए ।
“प्रदर्शनीमा केही पर्यटनमा लोकप्रिय रहेका त केही जुर्मुराउँदै गरेका साथै भविष्यमा पर्यटनको प्रखर सम्भावना बोकेका गाउँ–ठाउँका फोटोहरू ड्रोन मार्फत कैद गरिएको छ। चराहरूले देख्ने दृष्टिकोणबाट यी पर्यटकीय क्षेत्रहरू कस्तो देखिन्छन् भन्ने अवधारणामा आधारित रहेर तस्बिरहरू प्रस्तुत गरिएको हो ।”
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पिजे क्लब नेपाल र तमु सञ्चारकर्मी सङ्घ नेपालले यो प्रदर्शनीको आयोजना गर्न लागेका हुन् । नेपालमा ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको यस्तो प्रदर्शनी पनि पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ ।
यसले नेपाली पर्यटनका नयाँ आयाम उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
-
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेस
-
अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण