इजरायलद्वारा सोमालील्याण्डलाई ‘सार्वभौम राज्य’ को मान्यता दिने घोषणा
काठमाडौँ । इजरायलले शुक्रबार सोमालील्यान्डलाई ‘स्वतन्त्र र सार्वभौम राज्य’ को रूपमा मान्यता दिएको छ । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले जनाएको छ ।
“प्रधानमन्त्रीले आज सोमालील्याण्ड गणतन्त्रलाई एक स्वतन्त्र र सार्वभौम राज्यको रूपमा आधिकारिक मान्यता दिने घोषणा गर्नुभएको छ,” प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।
आधिकारिक रूपमा सोमालील्याण्डलाई देशको रूपमा मान्यता दिने इजरायल पहिलो देश बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इजरायल र अरब मुलुकबिच भएका कैयौँ सम्झौताप्रति सङ्केत गर्दै नेतान्याहूको कार्यालयले भनेको छ, “यो घोषणा अब्राहम सम्झौताको भावनामा आधारित छ ।”
सोमालील्याण्डका राष्ट्रपति अब्दिरहमान मोहम्मद अब्दुल्लाहीले मान्यता दिने कदमको प्रशंसा गर्दै यसले ‘रणनीतिक साझेदारी’ को सुरुवात भएको बताएका छन् ।
अब्राहम सम्झौतामा सामेल हुन सोमालील्याण्ड तयार रहेको पुष्टि गर्दै अब्दुल्लाहीले भने, “इजरायलका प्रधानमन्त्री नेतन्याहूले सोमालील्याण्ड गणतन्त्रलाई मान्यता दिनुभएको छ । यो एक ऐतिहासिक क्षण हो । हामी यसको न्यानो स्वागत गर्दछौँ ।”
सन् १९९१ मा स्वतन्त्रताको घोषणा गरेको सोमालील्यान्डले दशकौंदेखि अन्तर्राष्ट्रिय मान्यताका लागि दबाब दिँदै आएको छ, जुन गत वर्ष राष्ट्रपति बनेदेखि अब्दुल्लाहीको प्रमुख प्राथमिकता हो।
एक छुट्टै वक्तव्यमा इजरायली विदेश मन्त्री गिदोन सारले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमति भएको घोषणा गरेका छन् । उनले एक्समा भने, “मैले मेरो मन्त्रालयलाई दुई देशबीचको सम्बन्धलाई विभिन्न क्षेत्रमा संस्थागत गर्न तत्काल कदम चाल्न निर्देशन दिएको छु।”
नेतान्याहूको कार्यालयले प्रधानमन्त्रीले अब्दुल्लाहलाई इजरायल भ्रमणको निम्तो दिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “इजरायली राष्ट्रपति आइज्याक हर्जोगले प्रधानमन्त्री नेतान्याहुलाई उहाँको ऐतिहासिक घोषणाका लागि धन्यवाद दिनुभएको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भुटानी गुम्बा निर्माण
-
सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
-
प्राविधिक मापदण्डमा आधारित मूल्याङ्कनबाट वित्तीय मूल्याङ्कनतर्फ
-
पुटिनलाई कूटनीति छाडेर आणविक हतियार चलाउन दबाब
-
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
-
‘डिजिटल सर्भिस ट्याक्स’ विवाद: युरोपबाट आउने सामानमा शतप्रतिशत कर लगाउने ट्रम्पको उद्घोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण