बालेनको प्रस्तावप्रति रास्वपा असहमत
सारांश
- रास्वपा र काठमाडौँका मेयर बालेन शाहको टिमबीचको निर्णायक वार्ता अनिश्चित भएको छ।
- बालेन पक्षले ५०-५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न सकेन।
- शनिबार कुलमान घिसिङसँगको छलफलपछि वार्ताको टुङ्गो लाग्न सकेको छैन।
काठमाडौँ । शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।
‘हिजोको दुई पक्षीय बैठकमा बालेनको पक्षबाट ५०–५० प्रतिशत पावर सेयरिङको कुरा आयो त्यसमा सहमत हुन सकिएन, सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भएको छ । तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा आधा हिस्सा दाबी गरिएपछि त्यसमा सहमत हुन सकिएको छैन’ श्रोतको दाबी छ ।
शुक्रबार वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने भनिएको तर अहिलेसम्म कुनै खबर नआएको रास्वपा पक्षको भनाइ छ । शनिबार बिहान मात्र कुलमान र बालेन समूहबिच छलफल भएको थियो । बिहानको छलफलमा पनि दुवै पक्षले ठोस प्रस्ताव बाहिर ल्याएका छैनन् ।
रास्वपा पक्षले आज बालनेसँग बस्ने भनिए पनि छलफलको कुनै टुङ्गो नलागेको श्रोतले बताएको छ । ‘हामीले आज कुनै समूहसँग पनि छलफल गरेका छैनौ । रवि र बालेनबिच पनि छलफल हुने कुनै सम्भावना छैन । बालेन पक्षबाट खबर आएमा बस्न पनि सकिन्छ । समानुपातिकको बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकोले हतारिनुपर्ने आवश्यकता पनि देखिँदैन’ श्रोतले भन्यो । बालेन समूहले भने कुलमानको प्रतीक्षामा रहेको बताएको छ भने रेशम चौधरी र सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको छ ।
मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण