साप्ताहिक राशिफल
साप्ताहिक राशिफल: यो साता यी राशिहरूका लागि लाभको संकेत
आइतबार, १३ पुस २०८२, ०६ : १३
सारांश
- साप्ताहिक राशिफल अनुसार, मेष राशिका लागि शेयर बजार र व्यापारबाट फाइदा हुनेछ, माया प्रेममा रमाउन सकिनेछ।
- वृष राशिका लागि अनलाइन व्यापार र शेयर बजारमा लगानी लाभदायक रहनेछ, सामाजिक सञ्जालको प्रयोग बढ्नेछ।
- मिथुन राशिका व्यक्तिले तारिफयोग्य काम गरी नाम कमाउनेछन्, तर बुध र बिहीबार आर्थिक पाटो कमजोर रहनेछ।
पौष १३ गते आइतबारदेखि १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शेयर बजार तथा व्यापारबाट थोरै भए पनि फाइदा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी साताको समय उत्तम रहेको छ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक सम्पत्ति लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । अध्ययन मन जानेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ । बैठक, गोष्ठी तथा सामाजिक काममा समय व्यातित हुने हुनाले साताको समय राम्रो रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले अनलाइन व्यापार तथा शेयर बजारको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय व्यातित हुनेछ । भेटघाट तथा बैठकमा समय व्यातित हुनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको छ । गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । बुधबार र बिहीबारको समय मध्यम रहेकोले समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ । शिक्षा कै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा घर परिवारका सदस्यहरूका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ । समयमा धन सङ्ग्रह गरी लगानी गर्न सकिने हुनाले आर्थिक अवस्था हुनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । साताको अन्ततिर लामो दुरीको यात्राको योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहौलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । तपाईँको चुम्बकीय व्यक्तित्वले सबैको मन तान्नेछ । सहयोगीहरूबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
- कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) साताको सुरु र अन्तको समय राम्रो रहेकोले लेखन कला तथा साहित्यमा बाकी रहेका कामलाई सकाउन सकिनेछ । सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । व्यापार वा शेयर बजारमा गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले सवारी साधन तथा अन्य हार्डवेयरसँग सम्बन्धित बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । सचेत नभए ऋण,रोग तथा शत्रुले सताउनेछन् । काममा ढिला सुस्ती तथा अप्रिय समाचारले दैनिकी प्रभावित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साताको सुरु र अन्तको समय राम्रो रहेकोले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछ । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । राजनीतिक कामको लागी भेटघाट, बैठक तथा गोष्ठीहरूका सहभागी हुने अवसर प्राप्त हुनेछ । बुधबार बिहीबारको समय मध्यम रहेकोले सोख तथा विलासिताले खर्च बढाउनेछ भने आम्दानी कम हुनेछ । असम्यम् व्यवहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलस्य तथा अस्वस्थताले लक्ष्यमा विलम्ब हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । अनलाइन व्यापार, खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । साताको अन्ततिर यात्रा गर्दा ध्यान दिनुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको अधिकांश समय राम्रो रहेकोले शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ । न्यायिक निर्णयहरू तपाइँकै पक्षमा फैसला हुनेछ । राजनीति वा सामाजिक काममा समय दिनुपर्ने तथा बैठक, भेटघाटमा समय व्यातित हुनेछ । घरजग्गा तथा सवारी साधनको कारोबार गर्नेहरूका लागी समय उत्तम रहेको छ । तर पनि आफन्तसँग टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । विभिन्न योजनाहरू छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरूबाट नै विरोध हुनेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । बुधबार बिहीबारको समय मध्यम रहेकोले सवारी साधन तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला । कृषि क्षेत्रबाट भनेजस्तो आम्दानी हुने छैन । अध्ययनमा बाधा हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । खाद्यान्न तथा होटल रेष्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण