रोशीमा लसुन पखाल्दै किसान (तस्बिरहरू)
सारांश
- काभ्रेपलान्चोकका किसानहरूले लसुन र प्याज रोशी खोलामा पखालेर बजार पठाउँछन्।
- ठेकेदारहरूले किसानबाट प्रति किलो ७० रुपैयाँमा लसुन खरिद गर्छन् र काठमाडौंमा यसको माग राम्रो छ।
- लसुनको पात स्वास्थ्यका लागि लाभदायक हुन्छ, यसले रोग प्रतिरोधी क्षमता बढाउँछ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको लागि तरकारीको स्रोतसमेत रहेको काभ्रेपलान्चोकको तिमाल गाउँपालिकाका किसानहरुको प्रमुख नगदे बालीको रुपमा लसुन समेत रहेको छ । यहाँ उत्पादन भएको हरियो लसुन र प्याज किसानहरूले रोशी खोलामा पखालेर बजारसम्म पठाउने गर्छन् ।
“ठेकेदारले प्रति किलो ७० रुपैयाँमा यहाँबाट लिएर जान्छन् । हामी रोशीको पानीमा पखालेर बजारसम्म पठाउँछौँ,” खोला किनारमा लसुन पखाल्दै गरेका एक किसानले भने ।
_BKjerAm5zu.jpg)
लसुनलाई आयुर्वेदमा ठुलो औषधि मानिन्छ र काठमाडौँ उपत्यकामा यसको राम्रो माग भएका कारण ठेकेदारहरू किसानको खेत-खेतसम्म पुग्ने गर्दछन् । लसुनका पोटी अर्थात् केस्राले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी विभिन्न विकार पनि हटाउँछ । लसुनको केस्रा मात्र होइन हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ ।
_rkK8Tk9jCm.jpg)
लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुन छन् । लसुनका पात खानाले शरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्त्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गर्छ ।
_wX1bnwyzBh.jpg)
लसुनको पात एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्त्व पनि हुन्छ । यसले सङ्क्रमणको खतरा पनि कम गर्छ । लसुनको पातमा प्रसस्त्रै आइरन तत्त्व पाइन्छ । त्यसकारण रक्तअल्पता भएकाहरूले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।
_w2gHAdEHOp.jpg)
_vG3DOadBM0.jpg)
_IIsWIedUZt.jpg)
_clYepDSr58.jpg)
_tJJnRpHPqi.jpg)
_gPaDTl9PIJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
-
प्रतिनिधि सभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
-
खैरो हेरोइनसहित एक जना पक्राउ
-
निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख
-
झलनाथ खनालको आह्वान : वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाऔँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण