धनगढीमा ५७६ दलित छात्रालाई छात्रवृत्ति वितरण सुरु
आइतबार, १३ पुस २०८२, १७ : ०७
धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बमोजिम आर्थिक वर्ष २०८२/८३ को 'जुठे दमाई छात्रवृत्ति' वितरण कार्यको शुभारम्भ गरेको छ।
आइतवार धनगढी(१६ स्थित शिव माध्यमिक विद्यालयबाट यस कार्यक्रमको थालनी गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाकुमारी रानाले विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरे।
उपमहानगरका शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकका अनुसार यो वर्ष नगर क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने ५७६ जना दलित छात्राहरूलाई यो छात्रवृत्ति उपलब्ध गराइनेछ।
छात्रवृत्ति स्वरूप विद्यार्थीहरूले एउटा झोला, एक दर्जन कापी र एक दर्जन कलम प्राप्त गर्ने उपमहानगरपालिकाले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण