भक्तपुरबाट १४ जना जुवाडे पक्राउ
सारांश
- भक्तपुरको सल्लाघारीबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ।
- सिन्धुलीका गोपाल बहादुर बलको डेरामा जुवा खेलिरहेका व्यक्तिहरू पक्राउ परेका हुन्।
- प्रहरीले जुवाखालबाट १ लाख ५३ हजार नगद बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सल्लाघारीबाट १४ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४१ वर्षीय गोपाल बहादुर बलको डेरामा जुवा खेल्दै गरेकाहरु पक्राउ परेका हुन् ।
जुवा खालबाट १ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए । सोमबार साँझ पक्राउ पर्नेमा जुवाखाल सञ्चालन गर्ने गोपाल बहादुर बल, सिन्धुली घर भएका रेसम कुँवर, सिताराम जोगी, ओम बहादुर जोगी, राम बहादुर जोगी, जित बहादुर जोगी, रामेछापको खाँडादेवी घर भएका दीपक श्रेष्ठ, रामेछापको दोरम्बा गाउँपालिका घर भएका विजय तामाङ र मनकाजी मोक्तान छन् ।
प्रहरीले रामेछापको सुनापति गाउँपालिका घर भएका राज बहादुर लामा, खाँडादेवी गाउँपालिका घर भएका गणेश बिक, सिन्धुपाल्चोक घर भएका वाङ्गेल लामा, काभ्रे घर भएका बसमान तामाङ र बाँके घर भएका पप्पु चौधरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
-
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण