आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आजपाले तोक्यो प्रदेशहरुमा कमाण्डर

बुधबार, १६ पुस २०८२, १६ : २१
बुधबार, १६ पुस २०८२

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले प्रदेश कमान्डर तोकेको छ । बुधवार काठमाडौँको कोटेश्वरस्थित आजपाको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैठक, भेलाका लागि तिलक थापामगर र एलिजा गौतम, लुम्बिनी प्रदेशमा त्रिभुवन साह अमर र विजय यादव, मधेस प्रदेशमा उमेश कुशवाहा, बागमती प्रदेशमा धनकुमारी, देवी पण्डित रेग्मी, गण्डकी प्रदेशमा भोजराज त्रिपाठी, कोशी प्रदेशमा जुरीलाल मोची र खगेन्द्र भण्डारीलाई कमान्डर तोकेको छ ।

यसैगरी आउँदो १९ पुसमा काठमाडौंमा पार्टी निकटको आम विद्यार्थी मोर्चाको उपत्यका भेला गर्ने निर्णय समेत भएको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए । 

यसैबीच नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै नेताहरु आजपामा प्रवेश गरेका छन् । 

नेकपाका बैकल्पिक केन्द्रीय सदस्य रामएकबाल यादव (सिरहा), रौतहटको गरुडा नगरपालिका वडा नं. ६ को निर्वाचित वडा अध्यक्ष एवं एमाले नेता रामबाबु प्रसाद चौधरी, नेकपा गोरखा जिल्ला सचिवालय सदस्य राजन विक, जिल्ला सदस्यद्धय सुरेश सुर्खेती, राम सुर्खेती लगायतका नेताहरु पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् । 

आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले नवप्रवेशीहरुलाई टीका, माला लगाई पार्टीमा स्वागत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप