निजी क्षेत्रलाई उपेक्षा गरेर समाजवाद उन्मुख राज्य व्यवस्था सम्भव छैन : मन्त्री खरेल
सारांश
- मन्त्री खरेलले निजी क्षेत्र बिना समाजवाद उन्मुख राज्यको परिकल्पना गर्न नसकिने बताए।
- उनले निर्वाचन र राजनीतिक स्थिरताले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरामा जोड दिए।
- मन्त्रीले निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निजी क्षेत्रलाई बाहिर राखेर मुलुकमा समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीको दृढ नेतृत्वमा मुलुक निर्वाचनतर्फ अघि बढेको र चुनावको मिति सुनिश्चित भइसकेको समेत बताए । यसले मुलुकमा राजनीतिक स्थायित्व ल्याउने उनको विश्वास थियो। साथै, विगत २० वर्षको इतिहासमा पहिलोपटक भ्रष्टाचारका यति धेरै ठुला मुद्दाहरू अदालत पुगेको र सरकारी निकायहरू स्वतन्त्र रूपमा काम गरिरहेको उनले दाबी गरे ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा निजी क्षेत्रले व्यहोर्नुपरेको झन्डै ८४ अर्ब रुपैयाँ बराबरको क्षतिको स्मरण गर्दै मन्त्री खरेलले सरकार यसप्रति निकै संवेदनशील रहेको बताए । ‘निजी क्षेत्रको सम्पत्ति जल्दा सिङ्गो नेपालीको मन रोएको छ,’ उनले भने, ‘तपाईंहरूको मनोबल गिर्न नदिन र व्यावसायिक सुरक्षा प्रत्याभूत गर्न सरकार सधैँ साथमा छ।’
मन्त्री खरेलले निजी क्षेत्रको सुरक्षाका लागि उद्योग, व्यापार र व्यवसायका लागि वातावरण, निजी क्षेत्रको सुरक्षा हामी सबैको प्रतिबद्धता जनाउन आवश्यक रहेको बताए । उनले भने- ‘अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्र सुरक्षित नभएसम्म मुलुक अघि बढ्न सक्दैन । संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्थाको कुरा गरिए पनि निजी क्षेत्रलाई नजरअन्दाज गरेर त्यो लक्ष्य प्राप्त गर्न सकिँदैन।’
मन्त्री खरेलले सरकार निजी क्षेत्रसँगै रहेको र लगानीमैत्री वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण