जेनजी अगुवा अर्जुन शाही फेरि पक्राउ
बुधबार, १६ पुस २०८२, २१ : १७
काठमाडौँ । जेनजी अगुवा अर्जुन शाहीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । यसअघि जेनजीको नाममा उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याएको आरोपमा असोज २९ मा उनी पक्राउ परेका थिए ।
बुधबार उनलाई ठमेल स्थित कालधाराबाट ठगी र बैंकिङ कसुर सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘अहिले उहाँलाई दुई वटा मुद्दामा संलग्न आरोपमा पक्राउ गरिएको हो ।’
यसअघिको मुद्दामा उनी धरौटी बुझाएर रिहा भएका थिए । अहिले शाही विरुद्ध ११ लाखको बैंकिङ कसुर । ८ तोला सुन लगेर फिर्ता नगरेको आरोप छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर–४ घर भएका २६ वर्षीय शाहीले जेनजी प्रदर्शनपछि नागरिक उड्यन प्राधिकरण तत्कालीन महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी लगायतको राजीनामा मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण