२०२६ मा दर्शकले हेर्न पाउने यी हुन् ६ रोमान्टिक फिल्म
काठमाडौँ । हरेक वर्ष झैँ फिल्म प्रेमीका सन् २०२६ मा पनि अपेक्षाहरू धेरै होलान् । यो वर्ष विशेष गरी रोमान्टिक फिल्मका सौखिनहरूका लागि विशेष हुने देखिएको छ । यो वर्ष रिलिज हुने ६ रोमान्टिक फिल्मकाे यहाँ चर्चा गरिएको छ ।
‘डकैतः ए लभ स्टोरी’
‘डकैतः ए लभ स्टोरी’ मार्फत पहिलो पटक अदिवी शेष र मृणाल ठाकुर पर्दामा सँगै देखिनेछन् । यो फिल्म केवल एउटा रोमान्टिक कथा मात्र नभई भावनात्मक पृष्ठभूमि र दमदार कथाको कथा आउन लागेको हो । ईदको अवसरमा रिलिज हुने यस फिल्मलाई लिएर अहिलेदेखि नै निकै उत्साह देखिएको छ ।
‘टक्सिक’
‘टक्सिक’ साउथ सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म हो । फिल्ममा एक्सनका साथसाथै रोमान्स पनि भरपुर देख्न पाइनेछ। फिल्म मार्फत यशले पहिलो पटक बलिउड र साउथका चर्चित अभिनेत्रीहरूसँग स्क्रिन सेयर गर्दैछन् । जसले गर्दा दर्शकहरूको अपेक्षा फिल्मप्रति झन् धेरै छ ।
‘है जवानी तो इश्क होना है’
फिल्म ‘है जवानी तो इश्क होना है’ रोमान्टिक ड्रामाको फिल्म हो । वरुण धवनको मुख्य भुमिका रहेको फिल्ममा वरुण पहिलो पटक पूजा हेगडे र मृणाल ठाकुरसँग देखिनेछन् । डेविड धवनको निर्देशन रहेको फिल्मले रोमान्स र पारिवारिक मनोरञ्जनको प्याकेज पेश गर्नेछ ।
‘तू मेरी जिन्दगी है’
कार्तिक आर्यन र श्रीलीलाको जोडी फिल्म ‘तू मेरी जिन्दगी है’मार्फत रोमान्टिक जोडिको रुपमा देखिदैछन् । लामो समयदेखि फ्यानहरू यो जोडीको पर्खाइमा छन् । फिल्मले युवा दर्शकहरूको मन छुने पूर्ण क्षमता राख्ने बताइन्छ ।
‘सिला’
सन् २०२६ मा रिलिजमा आउने रोमान्टिक फिल्ममा हर्षवर्द्धधन राणेको ‘सिला’ पनि हो । सन् २०२५ मा ‘एक दिवाने की दीवानियत’ मार्फत रोमान्टिक छविमा देखिएका हर्षवर्द्धधन यस पटक नयाँ प्रेम कथाका साथ आउँदैछन् ।
फिल्ममा उनीसँगै सादिया खतिब मुख्य भूमिकामा देखिनेछिन् । फिल्ममा करणवीर मेहरा नकारात्मक भूमिकामा देखिनेछन्, जसले कथालाई अझ रोचक बनाउनेछ ।
‘लाइका–लाइकी’
नयाँ पुस्ताका दर्शकलाई ध्यानमा राखेर बनाइएको रोमान्टिक ड्रामा फिल्म ‘लाइका–लाइकी’ पनि २०२६ मा रिलिज हुनेछ ।
फिल्ममार्फत राशा थडानी ठूलो पर्दामा देखिनेछन् । उनको अपोजिटमा ‘मुन्ज्या’ फेम अभय वर्मा देखिनेछन् । फिल्मले युवा प्रेम, मित्रता र सम्बन्धका जटिलताहरूलाई नयाँ शैलीमा प्रस्तुत गर्नेछ ।
यसको रिलिज मिति घोषणा हुन बाँकी छ । तापनि स्टारकास्ट र कथाको थिमले गर्दा युवा दर्शकमाझ यसको क्रेज बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण