सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ
सारांश
- सुनसरीको लौकहीमा सशस्त्र प्रहरीले गोली चलाउँदा एक सफारी चालकको मृत्यु भएको छ।
- गोली चलाउने सशस्त्र प्रहरीका हवलदारलाई प्रहरीले पक्राउ गरेको छ र छानबिन समिति गठन गरिएको छ।
- घटनाको निष्पक्ष छानबिनका लागि ७ दिनको म्याद दिइएको समितिले प्रतिवेदन बुझाउनेछ।
विराटनगर । सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् ।
घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली हान्ने मुख्य व्यक्तिलाई नै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । रातोपाटीसँगको कुराकानीमा उनले भने, 'जसले गोली हानेको हो, उसलाई नियन्त्रणमा लिइएको छ ।'
यसैगरी घटनाको निष्पक्ष छानबिनका लागि सुनसरी प्रशासनले सहायक सीडीओ घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता समेत रहेका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य रहेका छन् ।
सीडीओ घिमिरेले समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन ७ दिनको म्याद दिइएको जानकारी दिए । प्रतिवेदन प्राप्त भएपछि सोही आधारमा थप कानुनी कदम चालिने प्रशासनले जनाएको छ ।
भारतीय बजारबाट सामान ल्याउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले बिहीबार बिहानकाे राती गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण