चिसोमा ह्वात्तै बढ्छ कब्जियतको समस्या, घरमै यसरी गर्न सकिन्छ समाधान
सारांश
- जाडो मौसममा कब्जियत बढ्ने समस्या, शारीरिक सक्रियता कम र पानी कम पिउनाले समस्या निम्तिन्छ।
- कब्जियतबाट बच्न मनतातो पानी पिउने, फाइबर युक्त खानेकुरा खाने र राति घिउ मिसाएको दुध पिउनुपर्छ।
- पाचन प्रक्रियालाई सहज बनाउन खानापछि हिँड्ने र मुगको दालजस्ता खानेकुरा खान सल्लाह दिइएको छ।
काठमाडौँ । अहिले जाडो याम चलिरहेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ।
चिसो बढेसँगै मानिसमा पाचनसम्बन्धी समस्या र विशेषगरी ְ‘क्रोनिक’ कब्जियतका बिरामीको संख्या ह्वात्तै बढेको छ। विशेषज्ञहरूका अनुसार जाडो मौसममा कब्जियतको समस्या करिब ३० देखि ४० प्रतिशतसम्म वृद्धि हुन्छ। यसका पछाडि वैज्ञानिक र व्यावहारिक दुवै कारण रहेका छन्।
चिसोका कारण मानिसको शारीरिक सक्रियता कम हुन्छ, जसले आन्द्राको गतिशीलतालाई सुस्त बनाउँछ। अर्कोतर्फ जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी निकै कम पिउँछन्, जसले दिसालाई कडा बनाउँछ। साथै जाडोमा भारी र चिल्लो खानेकुराको सेवन बढ्ने हुँदा त्यसलाई पचाउन शरीरलाई चुनौती हुन्छ। यी सबै कारणले पेट सफा नहुने, ग्यास जम्ने र पेट फुल्ने समस्या देखिन्छ।
डाक्टरका अनुसार कब्जियतबाट राहत पाउन बिहानको सुरुवात मनतातो पानीबाट गर्नुपर्छ। बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउँदा चिसोले खुम्चिएका आन्द्राका मांसपेशी खुकुलो हुन्छन् र शरीरबाट विकार बाहिर निस्कन सजिलो हुन्छ। यसले प्राकृतिक उत्प्रेरकको काम गर्छ र बिहान पेट सजिलै सफा हुन्छ।
पाचनलाई दुरुस्त राख्न ‘फाइबर त्रिकोण’ को नियम पालना गर्नु फाइदाजनक हुन्छ। यसअन्तर्गत हरेक दिन एउटा ताजा फलफूल, एक कचौरा हरियो तरकारी र थोरै भिजाएको बीउ (जस्तै चिया सिड्स वा आलस) को सेवन अनिवार्य मानिन्छ। फाइबरले दिसालाई नरम र भारी बनाउँछ, जसले गर्दा आन्द्रामा फस्ने समस्या हुँदैन र बिना कुनै अवरोध बाहिर निस्कन्छ।
क्रोनिक कब्जियत भएकाहरूका लागि राति सुत्नुअघि एक गिलास गाईको दुधमा एक चम्चा घ्यु मिसाएर पिउनु सबैभन्दा उत्तम मानिन्छ। यसले आन्द्रामा चिल्लोपना (लुब्रिकेसन) पैदा गर्छ। यदि कसैलाई दुध पच्दैन भने एक गिलास मनतातो पानीमा एक चम्चा घ्यु मिसाएर पनि पिउन सकिन्छ। यो उपायले भोलिपल्ट बिहान बिना कुनै बल पेट सफा गर्न जादुयी रूपमा मद्दत गर्छ।
आहारमा सुधार गर्दै डाक्टरले मुगको दालजस्ता दिसा नरम बनाउने खाना खान सल्लाह दिएका छन्। यस्ता खाद्यपदार्थ पच्न हलुका हुन्छन् र पेटमा अतिरिक्त दबाब पर्दैन। यदि कब्जियत धेरै पुरानो छ भने राति सुत्नुअघि इसबगोल पनि सेवन गर्न सकिन्छ, जसले आन्द्राको सफाइका लागि प्राकृतिक कुचोको जस्तै काम गर्छ।
सही खाना मात्र पर्याप्त हुँदैन, त्यसलाई पचाउनु पनि उत्तिकै जरुरी हुन्छ। त्यसैले रातिको खानापछि १०–१५ मिनेट अनिवार्य हिँड्नुपर्छ। जाडोमा मानिसहरू खाना खाएर लगत्तै सिरक ओढेर सुत्ने गर्छन्, जसले गर्दा खाना राम्रोसँग पच्दैन। खानापछि वज्रासनमा बस्दा वा केही बेर हिँड्दा मेटाबोलिजम सक्रिय रहन्छ, जसले गर्दा बिहान दिसा गर्न कुनै कठिनाइ हुँदैन।
(अस्वीकरण: यो सामग्री सामान्य जानकारीका लागि मात्र हो। स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण