सशस्त्र प्रहरीद्वारा २०० विपन्न परिवारलाई कम्बल वितरण
सारांश
- सशस्त्र प्रहरीले रौतहटमा विपन्न तथा सीमान्तकृत समुदायलाई कम्बल वितरण गरेको छ।
- जिल्ला प्रशासन कार्यालयको सहकार्यमा चिसो छल्न तीन नगरपालिकाका २०० घरपरिवारलाई राहत दिइयो।
- ईशनाथ, बौधिमाई र राजदेवी नगरपालिकाका विभिन्न बस्तीमा कम्बल वितरण कार्यक्रम सम्पन्न भयो।
रौतहट । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा रौतहटमा विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गरी सशस्त्र प्रहरीले कम्बल वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको सहकार्य तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटको समन्वयमा हालको चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै आइतबार राहत सामग्री वितरण गरिएको हो।
चिसो मौसमका कारण प्रभावित नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा तीनवटा नगरपालिकाका विभिन्न बस्तीलाई समेटिएको छ। सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार ईशनाथ नगरपालिका-४ स्थित रामनगर बस्तीका ७० घरपरिवार, बौधिमाई नगरपालिका-७ स्थित राम बस्तीका ७० घरपरिवार तथा राजदेवी नगरपालिका-८ स्थित लक्ष्मीपुर बस्तीका ६० घरपरिवार गरी जम्मा २०० घरपरिवारलाई कम्बल वितरण गरिएको छ।
कम्बल वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय भद्रभलादमीहरूको बाक्लो उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण