शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दिल्ली पुगेका प्रचण्डले भने– प्रवासी नेपालीको एकताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँछ

सोमबार, २१ पुस २०८२, १७ : ४३
सोमबार, २१ पुस २०८२

नयाँ दिल्ली । नेपाली समाज भारतको आयोजनामा सोमबार नयाँ दिल्लीस्थित लाजपत भवन अडिटोरियममा सम्पन्न 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम' मा नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका छन् ।

कार्यक्रममा प्रचण्डले प्रवासी नेपालीका साझा मुद्दाहरू, नेपालको आगामी निर्वाचनको महत्त्व तथा नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा आफ्ना स्पष्ट, तथ्यपरक र दूरदर्शी विचारहरू व्यक्त गरे । उनले देशको स्थिरता र विकासका लागि आगामी निर्वाचन निर्णायक हुने भएकाले प्रवासी नेपाली समुदायले त्यसमा चासो राख्नुपर्ने बताएका छन् । 

उनले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध भई आफ्ना अधिकार र सम्मानका लागि लड्न आह्वान गरे । प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाल सरकार गम्भीर रहेको र यसका लागि आवश्यक पहल गरिने उनले प्रतिबद्धता व्यक्त गरेका । 

नेपाली समाज भारतका अध्यक्ष राम बहादुर डागीको अध्यक्षतामा भएको यस कार्यक्रममा भारतका विभिन्न राज्यहरूबाट आएका एक हजारभन्दा बढी प्रवासी नेपालीहरूको उत्साहजनक सहभागिता थियो । सहभागीहरूले प्रवासी नेपालीका अधिकार, सम्मान, एकता र संगठन सुदृढीकरणका विषयमा छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप