शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हराएका दुई बालकको जंगलबाट सकुशल उद्धार

मङ्गलबार, २२ पुस २०८२, १५ : २४
मङ्गलबार, २२ पुस २०८२

रसुवा । रसुवाको कालिका गाउँपालिका–१ पुरानो राम्चेबाट हराएका दुई बालकलाई नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा सकुशल फेला पारिएको छ। पुस २० गतेदेखि सम्पर्कविहीन भएका ११ र ६ वर्षका बालकहरूलाई भदौरे जंगल इलाकामा फेला पारिएको हो।

बालकहरू हराएको सूचना पाएलगत्तै श्रीनाथ गणबाट खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेनाको उक्त टोलीले नेपाल प्रहरी र स्थानीयवासीसँगको समन्वयमा व्यापक खोजी गर्दा पुस २१ गते उनीहरूलाई जंगलमा फेला पार्न सफल भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप