आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गैरीगाउँ आगलागी : लोयला स्कुलमा पनि लाग्याे आगो

मङ्गलबार, २२ पुस २०८२, १६ : १७
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि लोयला सेकेन्डरी स्कुलमा पनि आगो लागेको छ  ।  

महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार  स्कुलको प्रिफ्याफ भवनमा आगलागी भएको हो । आगलागीबाट स्कुलका भवनको संरचना र कागजातहरू समेत नष्ट भएको छ ।  

‘आगलागी नियन्त्रण गर्न हरसम्भव प्रयास गरिरहेका छौँ । नियन्त्रणमा आउँदै छ । स्कुलबाट आगो फैलन नदिन दमकलहरूले निरन्तर खटिरहेका छन्,’ जोशीले भने । 

आगलागी भएको आधा घण्टासम्म नियन्त्रणमा आउन सकेको छैन भने सिनामंगलबाट छिर्ने दमकलहरू भने बाटो साँघुरो भएर छिर्न सकेका छैनन् । 

त्रिभुवन विमानस्थलको सहित केहि दमकलहरू आएपनि साँघुरो गल्लीका कारण रोकिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप