सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

बालेनलाई लौरो अभियानको आग्रह : लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्

बिहीबार, २४ पुस २०८२, १७ : ०९
बिहीबार, २४ पुस २०८२

काठमाडाैँ । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रहन नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताए । उनका अनुसार लौरो स्वतन्त्रहरुको प्रतिक हो ।

बालेन साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्न उनले माग गरे । लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको बताए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप