गगन थापाद्वारा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अस्वीकार
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काको विशेष महाधिवेशनको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरे।
- थापाले नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ नरहने कुरालाई अस्वीकार गरे।
- थापाले आगामी चुनावअघि पार्टीमा नयाँ नेतृत्व ल्याउन विशेष महाधिवेशन आवश्यक रहेको बताए।
काठमाडौँ । विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्री गगन थापाले अस्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका हुन् ।
महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए । त्यो अपिल थापाले अस्वीकार गरेका हुन् ।
बैठकमा महामन्त्री थापाले भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’
महामन्त्री थापाले प्रक्रियामा छिर्न नचाहनु पार्टीलाई घातक हुने बताए । थापाले प्रक्रियामा छिर्न नचाहेर अवैधानिक गर्न खोज्नु घातक हुन सक्ने बताए ।
पार्टी विधानको व्यवस्था र वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने थापाले बताए ।
थापाले विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको पनि बताए ।
महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नुको मुख्य उद्देश्य आगामी चुनावअघि पार्टीमा नयाँ नेतृत्व ल्याउनु रहेको खुलासा गरे ।
‘किन अहिले विशेष महाधिवेशन चाहियो भने महाधिवेशनको असाधारण अवस्था छ, तुरुन्त अधिवेशन गरेर इलेक्सनभन्दा अगाडि नेतृत्व फेर्नुपर्छ,’ थापाले भने, ‘नियमित अधिवेशनले यो आवश्यकतालाई सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
-
भदौ २४ पछि प्रतिगामी चलखेल बढ्यो, वाम एकतामा पूर्वप्रधानमन्त्रीहरूको जोड
-
सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र
-
कारागारमा अवैध असुली प्रकरण : थप ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण