‘मिर्जापुर’ फिल्ममा ‘स्वीटी’ को पुनरागमन, श्रिया पिलगाउँकरले सुरु गरिन् सुटिङ
सारांश
- अभिनेत्री श्रिया पिलगाउँकरले फिल्म 'मिर्जापुर: द फिल्म' को सुटिङ सुरु गरेकी छिन्।
- श्रियाले इन्स्टाग्राममार्फत सुटिङ सेटका तस्बिर सार्वजनिक गर्दै ८ वर्षपछि मृत्युको मुखबाट फर्केको उल्लेख गरिन्।
- 'मिर्जापुर' मा आधारित फिल्म २०२६ भित्र सिनेमाघरहरूमा रिलिज हुने तयारीमा छ, र प्राइम भिडियोमा पछि उपलब्ध हुनेछ।
मुम्बई । चर्चित वेब सिरिज ‘मिर्जापुर’ मा आधारित फिल्म ‘मिर्जापुर: द फिल्म’ को चर्चा चुलिएको छ। यसैबिच फिल्ममा अभिनेत्री श्रिया पिलगाउँकर पनि देखिने निश्चित भएको छ। श्रियाले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले फिल्मको सुटिङ सुरु गरेको जानकारी दिएकी हुन्।
उनले सुटिङ सेटका दुईवटा तस्बिरहरू सार्वजनिक गरेकी छन्, जसमा पहिलो तस्बिरमा फिल्मको क्ल्यापबोर्ड देखिएको छ भने दोस्रो तस्बिरमा उनी अली फजल, श्वेता त्रिपाठी, दिव्यन्दु शर्मा, पंकज त्रिपाठी र रसिका दुग्गल लगायतका कलाकारहरूसँग देखिएकी छन्।
श्रियाले पोस्टको क्याप्सनमा ८ वर्षपछि आफू मृत्युको मुखबाट फर्किएको उल्लेख गर्दै प्रशंसकहरूलाई सरप्राइज दिएकी छन्। सिरिजको पहिलो सिजनमा उनले स्वीटी गुप्ताको भूमिका निभाएकी थिइन्, जसको सोही सिजनमा हत्या भएको देखाइएको थियो। तर, अब फिल्ममा उनी पुनः सोही भूमिकामा देखिने भएकी छन्।
फिल्ममा पंकज त्रिपाठी (कालीन भैया), अली फजल (गुड्डू पण्डित), दिव्यन्दु (मुन्ना त्रिपाठी), अभिषेक बनर्जी र जितेन्द्र कुमार जस्ता मुख्य कलाकारहरूको अभिनय रहनेछ।
गुरमित सिंहले निर्देशन गरिरहेको यस फिल्मको कथा पुनीत कृष्णाले लेखेका हुन्। एक्सेल इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म सन् २०२६ भित्रै सिनेमाघरहरूमा रिलिज हुने तयारीमा छ। हलमा प्रदर्शन भएको करिब आठ हप्तापछि मात्र यो फिल्म प्राइम भिडियोमा उपलब्ध हुनेछ।
सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएको यस फिल्मको सुटिङ अहिले धमाधम भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण