दोस्रो विशेष महाधिवेशनका लागि ललितपुरबाट र्याली सुरु
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि ललितपुरबाट र्याली सुरु भएको छ । ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्याली सुरु भएको हो।
र्यालीमा सांस्कृतिक झाँकी, बाजा, पोसाकमा समेत सहभागी छन् । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।
उद्घाटन समारोह सकिएपछि आजै बन्द सत्र पनि प्रारम्भ गरिनेछ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
-
ट्रेड युनियन खारेज विरुद्ध परेको रिटमा सुनुवाइ सुरु
-
नेहरूलाई पछि पार्दै मोदी बने भारतको इतिहासमै सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री
-
श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता आवश्यक : उपाध्यक्ष पाण्डे
-
गर्मीमा तातो कफी पिउनुको यस्ता छन् फाइदा
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण