लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका विभिन्न प्रस्तावहरू सर्वसम्मतिले स्वीकृत गरेको छ।
साधारण सभामा सहभागी शेयरधनीहरूले बैंकको प्रगति र भावी योजनाका बारेमा राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । "निरन्तर सहयात्रा" भन्ने मूल नाराका साथ बैंकिङ सेवा दिइरहेको यस बैंकले सातै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
हाल बैंकले देशका विभिन्न स्थानमा रहेका ८९ वटा शाखा कार्यालयहरू र एउटा विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ। आगामी दिनमा ग्राहकको आवश्यकता अनुसार सेवालाई अझ परिष्कृत र प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण