बङ्गलादेशको आवासीय भवनमा आगलागी, ६ जनाको मृत्यु
शुक्रबार, ०२ माघ २०८२, १७ : २०
काठमाडाैँ। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ ।
“फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार विहान ७ः५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ ।
अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब विहान १० वजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ ।
ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागिका कारण घाइते भएकाहरुलाई उपचारको लागि अस्पतालमा लगेपछि अन्य तिन जनाको मृत्यु भए पछि मृतकको सङ्ख्या ६ पुगेको बताए ।
उनीहरूबाहेक अन्य १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ । आगलागीको कारण अझै खुलेकाे छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण