शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुलशनलाई एसजीको एकवर्षे प्रायोजन

शनिबार, ०३ माघ २०८२, ०९ : ०४
शनिबार, ०३ माघ २०८२

काठमाडौँ । क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एसजीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।

राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो । विल्लोले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

कार्यक्रममा हिमालयन विल्लोका प्रमुख कार्यकारी अधिकृत प्रदीप यादवले क्रिकेटर झाका लागि एक वर्ष भर आवश्यक हुने छ वटा क्रिकेट ब्याट, १० वटा पन्जासहित सम्पूर्ण सामग्रीहरू निःशुल्क उपलब्ध गराउने जानकारी दिए । विश्वभर चिनिएको उत्पादक संस्थाले नेपाली क्रिकेटलाई प्रायोजन गरेको यो पहिलो पटक हो ।

कार्यक्रममा क्रिकेटर झाले एसजिका सामग्री लिएर क्रिकेट खेल्नु आफ्नो बाल्यकालदेखिकै सपना भएको बताए । प्रमुख कार्यकारी अधिकृत यादवले छिट्टै एक जना महिला क्रिकेटरलाई पनि यसै प्रकारको प्रायोजनका लागि संस्थाले पहल गरिरहेको जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप