विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आजपा प्रवेश
काठमाडौं । विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उनीहरु निर्वाचनमा सहभागी हुनेगरी पार्टी प्रवेश गरेका हुन् ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उनीहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश गराउदै उनले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गरेका छन् ।
विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरी युवा नेता निरञ्जन ठाकुर आजपामा प्रवेश गरेका हुन् ।
यसैगरी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जित समेत आजपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण