टिकट वितरणपछि एमालेमा असन्तुष्टि: उषाकिरणले विष्णु पौडेललाई लक्षित गर्दै लेखिन् ‘ठाकुर गैरेको पाप लाग्ला’
आइतबार, ०४ माघ २०८२, ०० : १९
१
सारांश
- नेकपा एमालेमा टिकट वितरणलाई लिएर असन्तुष्टि चर्किएको छ।
- विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएपछि उषाकिरण तिमल्सिनाले फेसबुकमा आपत्ति जनाइन्।
- पार्टीले यसअघि रुपन्देही २ बाट निर्वाचित पौडेललाई पाल्पा २ मा उम्मेदवार बनाएको हो।
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएपछि एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिएकी हुन् ।
उषाले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड।’
शनिबार बसेको एमाले सचिवालय बैठकले विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएको निर्णय गरेको छ । यसअघि पौडेल रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए । तर यसपटक पार्टीले उनको निर्वाचन क्षेत्र परिवर्तन गर्दै पाल्पा २ मा उम्मेदवारी दिएको हो ।
पाल्पा २ मा यसअघि ठाकुर गैरे ले निर्वाचन जितेका थिए । तर यसपटक गैरेलाई टिकट नदिइएर उपाध्यक्ष पौडेललाई टिकट दिइएकोले विवाद उत्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण