बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

उम्मेदवार छनोटप्रति एमालेमा असन्तुष्टि, ईश्वर पक्षलाई पाखा लगाएपछि योगेशले लेखे ‘नोट अफ डिसेन्ट’

शनिबार, ०३ माघ २०८२, २३ : २६
शनिबार, ०३ माघ २०८२

सारांश

  • एमालेमा उम्मेदवार छनोटमा असन्तुष्टि, उपमहासचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट बुझाउने तयारी गरे।
  • अध्यक्ष केपी शर्मा ओलीले मनोमानी ढंगले उम्मेदवार तय गरेको आरोप, भट्टराईलाई ताप्लेजुङबाट टिकट नदिने संकेत।
  • काठमाडौं, ललितपुर र अन्य क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी, केही क्षेत्रमा चुनावी तालमेलको सम्भावना।

काठमाडौँ । नेकपा एमालेमा उम्मेदवार छनोटप्रति चर्को असन्तुष्टि देखिएको छ । शनिबार झण्डै ८ घण्टा बसेको एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि उपमहासचिव योगेश भट्टराईले असन्तुष्टि जनाउँदै तीन बुँदे नोट अफ डिसेन्ट लेखेर बुझाउने भन्दै बैठकबाट हिँडेका छन् ।

स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मनोमानी उम्मेदवार तय गरेको भन्दै भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट बुझाउने तयारी गरेका छन् । बैठकमा नेता भट्टराईलाई समेत ताप्लेजुंगबाट टिकट नदिने भनेर अध्यक्ष ओलीले भनेका थिए । जवाफमा भट्टराईले संसदमा आफ्नो भूमिका राम्रो हुनसक्ने र यसअघि पनि राम्रो भूमिका निर्वाह गर्दागर्दै किन चुनाव लड्न नपाउने भनेर जवाफ माग गरेका थिए । ‘तर अध्यक्षले पोजेटिभ जवाफ दिनुभएन’, एक सचिवालय सदस्यले भने, ‘योगेशसहित ११ औँ महाधिवेशनमा अलग समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूलाई कर्नर पार्ने प्रयास गरेको देखियो ।’

ओलीले भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

शनिबारको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रहरूका सवालमा अध्यक्षले टुंगो लगाउने भन्दै बैठक सकिएको छ । उपमहासचिव समेत रहेका लेखराज भट्टले केही क्षेत्रमा अध्यक्ष ओलीले टुंगो लगाउने बताए । उनले १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भएपनि केही क्षेत्रमा रणनीतिक कारणले उम्मेदवार घोषणा गर्न बाँकी राखिएको दाबी गरे ।

एकालेले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवार तय भए पनि ४ वटा उम्मेदवार तोक्न सकेको छैन । काठमाडौँका क्षेत्र नं. ४, ५, ७ र ९ मा एमालेले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन । त्यसैगरी, ललितपुरको क्षेत्र नं. ३ मा पनि उम्मेदवारको टुंगो लाग्न बाँकी छ भने काभ्रेपलान्चोकको क्षेत्र नं. २ मा पनि नाम घोषणा गरिएको छैन । काभ्रे २ मा यसअघि नेता गोकुल बास्कोटा निर्वाचित भएका थिए ।

मधेस प्रदेशका केही रणनीतिक क्षेत्रहरूमा पनि एमालेले उम्मेदवार तय गर्न बाँकी राखेको छ । महोत्तरीको क्षेत्र नं. ३, सर्लाहीका क्षेत्र नं. १ र २ तथा पर्साका क्षेत्र नं. १ र २ मा उम्मेदवारको नाम अझै टुंगिएको छैन । यी क्षेत्रहरूमा अन्य दलसँगको चुनावी तालमेल वा प्रभावशाली व्यक्तित्वहरूको प्रवेशलाई हेरेर निर्णय लिइने बताइएको छ ।

लुम्बिनी प्रदेशका प्रभावशाली जिल्लाहरूमा पनि केही सिट बाँकी छन्। रुपन्देहीका क्षेत्र नं. १ र २ मा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । त्यस्तै, कपिलवस्तुको क्षेत्र नं. २, दाङका क्षेत्र नं. १ र २ तथा बाँकेको क्षेत्र नं. २ मा पनि उम्मेदवार टुंगिन बाँकी छ । कर्णाली प्रदेशको रुकुम पूर्वमा पनि एमालेले उम्मेदवारको नाम घोषणा गरेको छैन।

कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा, झापाको क्षेत्र नं. ३ र सुनसरीको क्षेत्र नं. २ मा पनि उम्मेदवार छनोटको प्रक्रिया अझै बाँकी रहेको उपमहासचिव भट्टले जानकारी दिए ।

यी हुन् टुंगो लागेका उम्मेदवार

सुदूरपश्चिम प्रदेश

कैलाली

१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना

कञ्चनपुर

१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट

अछाम

१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा

१. लालबहादुर थापा

डोटी

१. दीपक धामी

डडेल्धुरा

१. चक्र स्नेही

बझाङ

१. अफिलाल ओखेडा

बैतडी

१. दामोदर भण्डारी

दार्चुला

१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान

१. गुलाबजंग शाह

रुकुम पश्चिम

१. नन्दराम देवकोटा

सुर्खेत

१. धुर्व शाही
२. कुलमणि देवकोटा

कालिकोट

१. नागेन्द्र शाही (नेसनल)

जुम्ला

१. शान्तिबहादुर महत

मुगु

१. पूर्णबहादुर रोकाया

हुम्ला

१. दल फडेरा

डोल्पा

१. लङ्क रोकाया

दैलेख

१. रविन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा

जाजरकोट

१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव

रुपन्देही

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. बासुदेव घिमिरे
४. अध्यक्षले टुङ्गाउने
५. खिमलाल भट्टराई

कपिलवस्तु

१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्गाउने
३. बिरेन्द्र कडौनिया

दाङ

१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३. घनश्याम पाण्डे

बाँके

१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्गाउने
३. दलबहादुर सुनार

बर्दिया

१. सालिकराम अधिकारी
२. विमला विक

पाल्पा

१. नारायण आचार्य
२. विष्णुप्रसाद पोडेल

रुकुम पूर्व

१. अध्यक्षले टुङ्गाउने

रोल्पा

१. गोकुल घर्ती

प्यूठान

१. सूर्यबहादुर थापा

अर्घाखाँची

१. पिताम्बर भुसाल

गुल्मी

१. प्रदीप ज्ञवाली
२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री

गोरखा

१. आरसी लामिछाने
२. मिलन गुरुङ

लमजुङ

१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ

१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा

१. मिनप्रसाद गुरुङ
२. खिमबहादुर थापा

म्याग्दी

१. हरिकृष्ण श्रेष्ठ

कास्की

१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर बैरागी

बागलुङ

१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे

मुस्ताङ

१. इन्द्रधारा बिष्ट

मनाङ

१. पोल्देन सोताङ गुरुङ

पर्वत

१. पदम गिरी

बागमती प्रदेश

सिन्धुली

१. प्रदीप केसी ९कटुवाल०
२. मनोजजंग थापा

रामेछाप

१. माधवप्रसाद ढुङ्गेल

दोलखा

१. पार्वत गुरुङ

सिन्धुपाल्चोक

१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ

काभ्रे

१. अमित लामा
२. अध्यक्षले टुङ्गाउने

धादिङ

१. भूमी त्रिपाठी
२. धनबहादुर घले

नुवाकोट

१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा

१. प्रेमबहादुर तामाङ

मकवानपुर

१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन

१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं

१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्गाउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्गाउने
१०. विनोद श्रेष्ठ

ललितपुर

१. चेतनाथ सञ्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले टुङ्गाउने

मधेश प्रदेश

सप्तरी

१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा

१. केदार यादव
२. नविनकुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु यादव

धनुषा

१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरि
३. जुली महतो
४. रघुवीर महासेठ

महोत्तरी

१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्गाउने
४. सरोज यादव

सर्लाही

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. हरि उप्रेती

रौतहट

१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह

बारा

१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ

पर्सा

१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

कोशी प्रदेश

ताप्लेजुङ

१. अध्यक्षले टुङ्गाउने

पाँचथर

१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा

१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्गाउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा

१. डा. अर्जुन कार्की

धनकुटा

१. राजेन्द्र राई

भोजपुर

१. शेर्दन राई

तेह्रथुम

१. भानुभक्त ढकाल

सुनसरी

१. सूर्य पन्दाक
२र३. जगदीश कुसियात (सो मध्य–१ अध्यक्षले टुङ्गाउने)
४. भगवती चौधरी

मोरङ

१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

सोलुखुम्बु

१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर

१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी

खोटाङ

१. देवविक्रम राई

विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र परिवर्तन भएको छ ।

रुपन्देही २ बाट निर्वाचन जित्दै आएका पौडेललाई यो पटक एमालेले पाल्पा २ बाट टिकट दिएको छ । यसअघि पाल्पा २ मा ठाकुर गैरेले निर्वाचन जितेका थिए । तर यस पटक गैरेलाई टिकट नदिएर पौडेललाई दिइएको हो ।

भावी प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई अगाडि सार्ने एमाले सचिवालयको निर्णय 

नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।  नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय अनुसार उम्मेदवारहरु छनोट गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप