देउवा समूहद्वारा आयोगमा निवेदन दर्ता, भन्याे– सर्वोच्चले मुद्दा किनारा नलगाएसम्म निर्वाचन कार्यतालिका स्थगन गराैँ
सारांश
- नेपाली कांग्रेसको देउवा समूहले निर्वाचन आयोगमा प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न माग गरेको छ।
- कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेपछि, आयोगको निर्णय विरुद्ध निर्वाचन कार्यक्रम स्थगित गर्न निवेदन दिएको हो।
- निवेदनमा फागुन २१ मा हुने निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण कार्यतालिका स्थगित गर्न माग गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
शनिबार बसेको समूहको केन्द्रीय कार्यसमिमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका छन् ।
‘निर्वाचन आयोगमा गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो’ अधिवक्ता जोशीले भने ।
रिट निवेदनमा सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ ।
‘नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको निरूपण नगरी पदाधिकारीको विवरण अद्यावधिक गरी पाउँ भन्ने कथित निवेदनको आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गर्न नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, नेपाली कांग्रेस पार्टीका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाइको मौका समेत नदिई माग २ गते को यस आयोगको निर्णयले नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीलाई दलीय रूपमा निर्वाचनमा जान बञ्चित गरेको देखिन आयो, तसर्थ यस आयोगको उक्त मितिको निर्णय उपर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडी गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त समेत विपरीत छ’, निवेदनमा भनिएको छ, ‘त्यस उपर आज आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेशी समेत तोकी पाएको हुँदा उक्त मुद्दाको सम्बन्धमा न्याय निरूपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनी निवेदन लिई उपस्थित भएको छु’ कांग्रेस निर्वाचन आयोगमा दर्ता गरेको निवेदनमा भनिएको छ ।
कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका सातै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपि समेत पेस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
-
मकवानपुरगढी गाउँपालिकाले ल्यायो ७२ करोड ७५ लाखको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण