पूर्व सांसद शाहले छाडे एमाले
सोमबार, ०५ माघ २०८२, १४ : २८
बुटवल । पूर्व सांसद यज्ञ जीत शाहले नेकपा एमाले छाडेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले आइतबार राजीनामा दिएका हुन् ।
भैरहवा निवासी शाह पूर्व प्रधानमन्त्री डा. के आई सिंहका छोरा समेत हुन् । रुपन्देही–३ मा पार्टीले वासुदेव घिमिरेलाई टिकट दिएपछि शाह असन्तुष्ट थिए । उनी पनि सोही क्षेत्रबाट उम्मेदवार आकाङ्क्षी थिए ।
पार्टीमा कुनै अवसर नपाएको उनले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण