बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

इन्डिया कप पावरलिफ्टिङ : बाबु–छोरासहितको टोलीलाई पाँच पदक

मङ्गलबार, ०६ माघ २०८२, ०९ : ४३
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • सोनिपतमा भएको इन्डिया कपमा नेपाली टोलीले दुई स्वर्ण र तीन रजत पदक जित्यो।
  • ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ विधामा स्वर्ण पदक जिते भने विकास प्रधानले एक स्वर्ण र दुई रजत जिते।
  • रोजीन नकर्मीले रजत पदक जितिन्, ज्ञानेन्द्र र रोजीन बाबु-छोरा हुन्।

काठमाडौँ । भारतको सोनिपतमा सम्पन्न 'इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङ'मा नेपाली टोलीले दुई स्वर्ण र तीन रजतसहित कुल पाँच पदक जित्न सफल भएको छ । जनवरी १६ देखि १८ सम्म सञ्चालन भएको यस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट तीन खेलाडीले देशको झण्डा फहराए ।

टोलीका नेता एवं अनुभवी खेलाडी ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्ण पदक जिते । राष्ट्रिय खेलकुद परिषद्का पूर्व शारीरिक सुगठन प्रशिक्षक समेत रहेका ज्ञानेन्द्रले दिल्लीबाट पदकको जानकारी गराएका हुन् । प्रतियोगितामा विकास प्रधानले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक स्वर्ण र दुई रजत पदक आफ्नो पोल्टामा पारे ।

त्यस्तै, ७५ केजी सिनियर तर्फको विधामा रोजीन नकर्मीले रजत पदक जितेका छन् । विशेष कुरा, पदक विजेता ज्ञानेन्द्र र रोजीन बाबु–छोरा हुन् । नकर्मी बाबु–छोराको जोडीले यसअघिका इन्डिया कपमा पनि निरन्तर सहभागिता जनाउँदै नेपालका लागि पदक जित्दै आएका छन् ।

भारत पावरलिफ्टिङ संघको निमन्त्रणमा ज्ञानेन्द्रको नेतृत्वमा पाँच सदस्यीय टोली माघ १ गते भारत प्रस्थान गरेको थियो । नेपाली खेलाडीहरूको यो सफलताले अन्तर्राष्ट्रिय पावरलिफ्टिङको क्षेत्रमा नेपालको साख फेरि एकपटक उच्च बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप