शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस दमक सभापति प्रसाईंले छोडे पार्टी, बालेनलाई सघाउने

मङ्गलबार, ०६ माघ २०८२, १५ : ३४
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ‘म प्रकाश प्रसाईं। आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु,’ प्रसाईंले लेखेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई सहयोग गर्ने बताएका छन् । ‘काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप