पार्टी कार्यालय जानेबारे छलफल गर्दै कांग्रेस सभापति गगन थापा
सारांश
- गगन थापा विशेष महाधिवेशनबाट सभापति चयन भएपछि पार्टी कार्यालय सानेपा जानेबारे छलफल गर्दैछन्।
- शेरबहादुर देउवा समूह र शेखर कोइराला समूहले विशेष महाधिवेशनलाई अस्वीकार गरेका थिए।
- निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएपछि थापाले पार्टी कार्यालय जाने तयारी गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए ।
पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा शेखर कोइराला नेतृत्वको समूह विशेष महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएपछि थापा पार्टी केन्द्रीय कार्यालय गएका थिएनन् ।
थापालाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ भने सर्वोच्च अदालतले पनि देउवा समूहले दायर गरेको रिटमा अन्तरिम आदेश नदिएपछि थापाले पार्टी कार्यालयमा जानेबारे छलफल गर्न थालेका हुन् ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालयमा जानेबारे आज छलफलको तयारी भइरहेको जानकारी दिए । ‘जेनजी आन्दोलनका क्रममा जलेकाले पार्टी कार्यालय मर्मतको क्रममा छ । त्यसैले हतार गरेका थिएनौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘अब जानुपर्छ । आज सभापतिज्यूलगायतका नेताहरूसँग यसबारे छलफल हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीर्घकालीन सोचसहितको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई विज्ञहरूको सुझाव
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण