वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने
सारांश
- काठमाडौँ महानगरपालिकाले वार्षिक साधारणसभा प्रतिवेदन नबुझाएसम्म सहकारी खारेज गर्न दिने छैन।
- विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार, बचतकर्ताको रकम हिनामिना हुन नदिन यस्तो निर्णय लिइएको हो।
- महानगरले प्रतिवेदन नबुझाउने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक साधारण सभा प्रतिवेदन नबुझाएसम्म खारेजीको अनुमति नदिने जनाएको छ ।
ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारण सभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यस अघि निर्देशन दिइसकेको छ । कामपा सहकारी विभाग प्रमुख महेशकुमार काफ्लेका अनुसार लामो समयदेखि साधारण सभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भएको हो ।
खारेजीको प्रक्रियामा आउने कुनैपनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ । कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारण सभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनीसमेत दिइसकेको छ ।
हाल कामपामा करिब एक हजार नौ सय सहकारी सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण