जुम्लामा जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना
सारांश
- जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७१ हजार ७३९ मतदाता छन्।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार महिला ३४ हजार २८० र पुरुष ३७ हजार ४५९ मतदाता छन्।
- निर्वाचनमा एक स्वतन्त्र र नौ दलका उम्मेदवारले भाग लिनेछन्।
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा कुल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेका छन् ।
कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा जिल्लाभरि ८५ मतदानस्थल र एक सय १० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी कँडेलको भनाइ छ । जिल्लामा अतिसंवेदनशील मतदानस्थलबारे सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गर्ने काम गरिएको छ । सरकारी कार्यालयमा निर्वाचनका लागि परिचालन गरिने कर्मचारीको यकिन विवरण माग गरिएको निर्वाचन अधिकारी कँडेलले बताए ।
जिल्लामा तीन हजार १०१ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक स्वतन्त्र र नौ वटा विभिन्न राजनीतिक दलका उम्मेदवारले निर्वाचनमा भाग लिने सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिए ।
उम्मेदवारी दर्ता गराउनेहरूमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी रहेका छन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विनिता कठायत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट बिर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेकपा (माओवादी) बाट बिर्खबहादुर शाही चुनावी मैदानमा उत्रिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयनसँगै जिल्लामा चुनावी चहलपहल ह्वात्तै बढेको छ । कुनै पनि उम्मेदवारहरूमाथि उजुरी नपरेपछि १० वटा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण