सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
बिहीबार, २१ जेठ २०८३, १६ : ३३
सारांश
- सुकुम्बासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको कीर्तिपुरको होल्डिङ सेन्टरमा उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ ।
- उपचारका लागि वीर अस्पताल पुर्याइएका दर्जीको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए ।
- उनी लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ ।
काठमाडौँ । सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।
दर्जीको मृत्यु भएको वीर अस्पतालले जानकारी दिएको छ ।
दर्जीको स्वास्थ्यमा समस्या आएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो । अस्पताल पुग्दा दर्जीको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए ।
उनी लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण