फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
सारांश
- कलाकार लुकाएर छायाङ्कन गरिएको फिल्म ‘बाः एक योद्धा’ ले मुख्य भूमिकामा रहेका ४ कलाकार सार्वजनिक गरेको छ ।
- फिल्ममा सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको साथै झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको मुख्य भूमिका छ ।
- हरि लम्सालको लेखन तथा निर्देशन रहेको यो फिल्म भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ । कलाकार लुकाएर छायाङ्कन सकेको फिल्म हो ‘बाः एक योद्धा’ । पोस्ट प्रोडक्सन रहेको फिल्मले अहिले मुख्य भूमिकामा रहेका ४ कलाकार सार्वजनिक गरेको छ ।
निर्माण युनिटले सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम कलाकारको रूपमा सार्वजनिक गरेको हो । फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको पनि मुख्य भूमिका छ ।
सागर खनाल फिल्म ‘११ः५५ तथा शिशिर सिवाकोटी ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’ चर्चामा आएका कलाकार हुन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । नेपाली सङ्गीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका सङ्गीतकार हरि लम्साल यसै फिल्मबाट निर्देशकको रूपमा डेब्यु गरेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरेका थिए । फिल्मले नेपाली समाजको परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, सङ्घर्ष र जीवनभर झेल्ने चुनौतीहरू कथाको रूपमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण