मुम्बईमा गोली चलाएको आरोपमा अभिनेता केआरके पक्राउ
सारांश
- विवादास्पद अभिनेता केआरकेलाई मुम्बई प्रहरीले गोली चलाएको आरोपमा पक्राउ गरेको छ।
- केआरकेले ओशिवारास्थित एक भवनमा बन्दुकबाट गोली चलाएको स्वीकार गरे, जसमा मुद्दा दर्ता भएको छ।
- प्रहरीले घटनास्थलबाट गोलीका खोका बरामद गर्यो, तर केआरकेले गोली किन चलाए भन्ने स्पष्ट छैन।
मुम्बई । विवादास्पद अभिनेता तथा फिल्म समीक्षक कमाल राशिद खान (केआरके) लाई मुम्बई प्रहरीले शनिबार पक्राउ गरेको छ। मुम्बईको ओशिवारास्थित एक आवासीय भवनमा गोली चलाएको घटनामा संलग्न रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार केआरकेले १८ जनवरीमा ओशिवाराको नालन्दा सोसाइटीमा आफ्नो इजाजतप्राप्त बन्दुकबाट दुई राउन्ड गोली चलाएको स्वीकार गरेका छन्। उनी विरुद्ध भारतीय न्याय संहिता र आर्म्स एक्टका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सो सोसाइटी परिसरबाट दुईवटा गोलीका खोका बरामद गरेको थियो । ती खोकाहरूमध्ये एउटा दोस्रो तलामा र अर्को चौथो तलामा फेला परेका थिए । रोचक कुरा के छ भने ती फ्ल्याटहरूमध्ये एउटा लेखक–निर्देशक नीरज कुमार मिश्राको हो भने अर्को मोडल प्रतीक वैद्यको हो।
सुरुमा सीसीटीभी फुटेजबाट कुनै ठोस प्रमाण नभेटिए पनि फरेन्सिक जाँचले गोली नजिकै रहेको केआरकेको बंगलाबाट चलाइएको सङ्केत गरेपछि प्रहरी उनलाई सोधपुछका लागि ओशिवारा प्रहरी चौकी पुर्याएको थियो । केआरकेले कुन उद्देश्यले गोली चलाएका थिए भन्ने कुरा अझै खुल्न सकेको छैन।
केआरके बलिउडमा आफ्ना विवादास्पद टिप्पणीका कारण सधैँ चर्चामा रहने गर्छन् । आफूलाई फिल्म समीक्षक बताउने उनले सलमान खान, शाहरुख खान र अजय देवगन जस्ता दिग्गज स्टारहरू विरुद्ध तीखो टिप्पणी गर्दै आएका छन् ।
सलमान खानले त उनी विरुद्ध मानहानिको मुद्दासमेत दायर गरेका थिए । सन् २००८ मा आफ्नै लगानीको फिल्म ‘देशद्रोही’ बाट मुख्य भूमिकामा देखिएका केआरकेले सन् २०१४ को हिट फिल्म ‘एक भिलेन’ मा सहायक भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण