अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइयो: खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको र गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमको रूपमा ती निकायहरू प्रयोग भइरहेकाले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले अरू निकायहरूको तुलनामा अहिलेसम्म राम्रै काम गरेको भएपनि अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले फिजिकल करेन्सीबाट भर्चुअल करेन्सीतिर र फिजिकल बैंकिङ एक्सेसबाट भर्चुअल बैंकिङ एक्सेसतिर जानुपर्ने आवश्यकता रहेको धारणा राखे । धितोमा आधारित कर्जाको सट्टामा उद्यमशीलतामा आधारित, क्षमतामा आधारित, आय आर्जन गर्ने क्षमतामा आधारित विधिबाट लगानी गर्न सक्ने अवस्थाका लागि राष्ट्र बैंकसंग अर्थ मन्त्रालयले छलफल गरिरहेको उनले बताए ।
उनले अहिले वित्तीय क्षेत्र त्यति कमजोर नरहे पनि पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वाभाविक भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण