राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
सारांश
- पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
- पाठकले नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउन ७८ लाख घुस लिएको आरोप लागेको थियो ।
- विशेष अदालतले पाठक र कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई जनही ३ वर्ष कैद र ३९ लाख जरिवाना तोकेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनबारे कुराकानी र छलफल गरेको अडियो र भिडियो सार्वजनिक गरेको थियो ।
कलेजको अनियमितता मिलाउन एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा पेस्की स्वरूप दुई चरणमा न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएका थिए । उक्त रकम पाठकसमक्ष पुर्याउने समूहले नै पछि अख्तियारमा अडियो सहितको प्रमाण पेस गरेको थियो ।
७८ लाख रुपैयाँ घुस खाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो ।
विशेष अदालतले दुवै जनालाई ३–३ वर्ष कैद र ३९ लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो । आयुक्त पाठकमाथि थप ३ महिना कैद सजाय भएको थियो ।
विशेषले उनीहरूलाई भ्रष्टाचारको प्रयास गरेको आरोपमा दोषी ठहर गरी आधा मात्रै सजाय सुनाएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण