फिल्म ‘पारस’ मा जोडी बन्दै निखिल र जसिता
आइतबार, ११ माघ २०८२, १२ : ०७
सारांश
- कृषा चौलागाईंको निर्देशन रहने फिल्म 'पारस' मा जसिता गुरुङ मुख्य भूमिकामा रहने भएकी छिन्।
- यसअघि निखिल उप्रेती फिल्ममा अनुबन्धित भइसकेका थिए, र अब उनीहरू जोडीको रूपमा देखिनेछन्।
- फिल्म एक्सन तथा सामाजिक कथामा आधारित हुनेछ, र यसको सुटिङ फागुनबाट सुरु हुने तयारी छ।
काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि उनलाई अनुबन्धित गरेका हुन् ।
फिल्मको मुख्य भूमिकाको लागि यसअघि निखिल उप्रेती अनुबन्धित भएका थिए । अब फिल्ममा निखिल र जसिताको जोडी बाँधिने छ । एक्सन तथा सामाजिक कथामा निर्माण हुने फिल्म केपी फिल्मसको ब्यानरमा बन्न लागेको हो । फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन् ।
फिल्मलाई चर्चित छायाकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन् । कृषाले ‘ऐँचो पैँचो’ र ‘पीताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकीय यो फिल्म तेस्रो हुनेछ । फिल्मको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण