सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
सोमबार, १२ माघ २०८२, ११ : ३२
सारांश
- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ।
- बैठकमा गृहमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र अर्थमन्त्री लगायतका पदाधिकारी सहभागी छन्।
- बैठकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे छलफल हुनेछ।
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल लगायतका पदाधिकारी सहभागी छन् । सुरक्षा परिषदमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएको छ ।
उच्च हिमाली क्षेत्रको चिसो मौसम र तराईमा निर्वाचनको दुई दिन अघि परेको होली पर्वको कारण सम्भावित सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण