बालेन शाह मङ्गलबार सुदूरपश्चिम पुग्ने, यस्तो छ कार्यतालिका
सोमबार, १२ माघ २०८२, १८ : ४६
१
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको का लागि मङ्गलबाार धनगढी पुग्ने भएका छन् ।
पार्टीको साङ्गठनिक सुदृढीकरण र चुनावी प्रचारप्रसारमा सहभागी हुन उनी सुदूरपश्चिम आउन लागेका हुन् ।
रास्वपा नेतृ जसुदेवी भट्टका अनुसार शाह मङ्गलबार बिहान नेपालगन्जको मार्ग हुँदै धनगढी आइपुग्नेछन् । धनगढीमा उनले स्थानीय नेता, कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । शाह तीन दिनसम्म सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहका अनुसार बालेन पहाडी जिल्लाहरू हुँदै अछाम पुग्ने र त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण