बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

शान्तिपूर्ण सहअस्तित्व दिवस आज, विभिन्न कार्यक्रमका साथ मनाइँदै

बुधबार, १४ माघ २०८२, ०७ : ३२
बुधबार, १४ माघ २०८२

काठमाडौँ । आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस, संयुक्त राष्ट्रसङ्घको महासभाले गत मार्चमा हरेक वर्ष यो दिवस २८ जनवरीमा मनाउने घोषणा गरेको हो ।

विश्वव्यापी रूपमा अस्थिरता र द्वन्द्व बढ्दै गएसँगै अन्तरराष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस विविध संस्कृति, मूल्य, जीवनशैली र विश्वासप्रतिको सचेतना बढाउन, र सहिष्णुता प्रवर्धनमा शिक्षाको भूमिका उजागर गर्न आज यो दिवस पहिलोपटक विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।

धार्मिक र सांस्कृतिक विविधता तथा मानवअधिकारको सम्मानका साथै विश्वका सबै देश, अन्तरराष्ट्रिय सङ्गठन, नागरिक समाज र सञ्चारमाध्यमलाई शान्ति, समावेशिता, समझदारी र एकता प्रवद्र्धनका निम्ति यो दिवसले प्रेरित गर्ने संयुक्त राष्ट्रसङ्घको विश्वास छ ।

यो दिवस अन्तरराष्ट्रिय समुदायलाई राष्ट्रसङ्घ स्थापनाका उद्देश्य र सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर पनि हो । शान्ति केवल युद्ध नहुनु मात्र होइन; यो विविध लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिका बीचमा एकता एवं आत्मीयता कायम गर्दै सहअस्तित्व विकास गर्ने दिवस भएको राष्ट्रसङ्घले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप